मेट्रोपोलिटन पुलिसको ‘बाघिनी’ 1-को ट्रेनिङ समाप्त,  ट्रेनिङमा भाग लिने युवती तथा महिलाहरूलाई प्रमाण पत्र प्रदान 

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको पहलमा तथा आईसीसीको सहयोगितामा युवती तथा महिलाहरूको लागि शुरू गरिएको बाघिनी अभियानको पहला ट्रेनिङ आज समाप्त भयो। उक्त ट्रेनिङमा सामेल हुने सबै युवती तथा महिलाहरूलाई सिलगढी पुलिस कमिश्नरद्वारा प्रमाण पत्र प्रदान गरियो। स्मरण रहोस्, केही दिन अघि सिलगढी मेट्रोपोलिटन पुलिसले 18 देखि 45 वर्षको युवती तथा महिलाहरूको लागि बाघिनी-1 अभियान शुरू गरेको थियो। उक्त अभियानमा मोठ 100 जना युवती तथा महिलाहरूले अंश ग्रहण गरेकी थिइन् भने तिनीहरूलाई चार दिनसम्म सबै प्रकारको ट्रेनिङ प्रदान गरियो। सिलगढी मेट्रोपोलिटनका उच्च पदस्थ अधिकारी, एयरफोर्सका पायलट तथा डिस्टिक मजिस्ट्रेटको तर्फबाट सेल्फ डिफेन्सको ट्रेनिङ लगायत योगा मेडिटेसन र कानुनी धारा अन्तर्गत तिनीहहरूको अधिकारबारे विशेष जानकारी गराइयो। यस विषयमा सिलगढी पुलिस कमिश्नर गौरव शर्माले बताएअनुसार युवती तथा महिलाहरूलाई अझ बलियो बनाउनको लागि नयाँ प्रोजेक्ट बाघिनीको शुरुआत गरिएको थियो भने आज बाघिनीको पहिलो प्रोजेक्ट पुरा भयो। बाघिनी 1-मा ओभरअल उत्कृष्ट प्रदर्शन गर्ने 3 जना युवतीलाई विशेष रूपले सम्मान जनाइयो। बाघिनी 1-को सफलतापछि अब बाघिनी 2 चाँडै शुरू गरिने छ भने यसपल्ट केही नयाँ विषयहरू यसमा सामेल गरिने तिनले बताए।  बाघिनी 1-मा सेल्फ डिफेन्सको ट्रेनिङ दिने कोच मोनालिसा रायले बताएअनुसार चार दिनको उक्त ट्रेनिङपछि युवती तथा महिलाहरूलाई किक बक्सिङ, पञ्च, मेडिटेसन, योगा लगायत अन्य केही ट्रेनिङहरू गराइयो, जो वर्तमान समयमा युवती तथा महिलाहरूलाई विशेष आवश्यक रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *