मेयर भट्टाचार्यले गरे ग्रीन सिटी मिसन निर्माण कार्यको निरीक्षण

सिलगढी : सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले आज ग्रीन सिटी मिसन अन्तर्गत निर्माण कार्यको निरीक्षण गरे। केन्द्र सरकारको ग्रीन सिटी परियोजना अन्तर्गत हाल सिलगढी नगरनिगमको 32 नम्बर वार्डदेखि 42 नम्बर वार्डसम्म विभिन्न ठाउँहरूमा सौन्दर्यीकरण गरिने कार्य चलिरहेको छ। महानन्दा नदीको चारैतिर सौन्दर्य गरिने उद्देश्य लिएर यहाँको सडक, बस्ने ठाउँ, पार्क लगायत अन्य विभिन्न निर्माण कार्यहरू भइरहेको छ। आज मेयर भट्टाचार्यले 45 नम्बर वार्डस्थित पार्वती घाटमा भइरहेको निर्माण कार्यको निरीक्षण गरेपछि त्यहाँबाट सोझै सूर्यसेन पार्कमा पुगे। उक्त पार्कमा पनि हाल नवजागरण मञ्चको लागि निर्माण कार्य चलिरहेको छ। उक्त मञ्चमा राजा राममोहन राय, ईश्वरचन्द्र विद्यासागर, रवीन्द्रनाथ ठाकुर, माइकल मधुसूदन दत्तको सालिग निर्माण गरिने परियोजना रहेको छ। यस अवसरमा मेयर अशोक भट्टाचार्यले बताएअनुसार सिलगढी सहरमा ग्रीन सिटी मिसन अन्तर्गत 2 वटा परियोजनालगायत अन्य विविध परियोजनाको कार्य शुरू गरिएको छ। मोठ 13 करोड रुपियाँको लागतमा उक्त कार्य शुरू भएको साथै केही समय अवधिमै ती सबै निर्माण कार्य पुरा गरिने मेयर भट्टाचार्यले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *