‘मेयर के बलो’ कार्यक्रम अन्तर्गत नोकरीको माग गर्दै युवाहरूले गरे फोन

सिलगढी : मेयर के बलो (मेयरलाई भन्नुहोस्) कार्यक्रम अन्तर्गत सहरका धेरैजना युवाहरूले नोकरीको माग गर्दै फोन गरेपछि सिलगढीका मेयर गौतम देवले असहजता महसुस गरेका छन्। प्रत्येक शनिबार सिलगढी नगरनिगममा बिहान 11 बजीदेखि 1 घण्टाको निम्ति मेयर के बलो कार्यक्रम अन्तर्गत सहरवासीहरूले आ-आफ्नो विविध समस्याहरू मेयरलाई फोन मार्फत् सुनाउन सक्नेछन्। यसै अन्तर्गत आज सिलगढीको विभिन्न वार्ड तथा इलाकाहरूबाट धेरैजना युवाहरूले नोकरीको माग गर्दै मेयरलाई फोन गरेपछि तिनीहरूलाई नोकरीको व्यवस्था गर्न नसक्ने बताए। यदि नगरनिगमा कुनै पदमा नियुक्ति गरिएको खण्डमा त्यसको लागि विज्ञापन दिइने गरिन्छ। उक्त विज्ञापन अनुसार आवेदन बुझाएपछि आवश्यक सबै कुराहरूलाई जाँच गरेपछि मात्र उचित आवेदनकर्तालाई नोकरी दिइनेछ। नगरनिगम सूत्रले दिएको जानकारी अनुसार  मेयर के बलो कार्यक्रम अन्तर्गत सिलगढीका धेरैजना युवाहरूले नोकरीको माग गर्दै फोन गर्ने गर्दछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *