‘मेयर के बलुन’ कार्यक्रम अन्तर्गत सिलगढी सहरवासीहरूले मेयर गौतम देव समक्ष राखे पिउने पानीको समस्या

सिलगढी : सिलगढी सहरवासीहरूको विविध अभाव-अभियोग सुन्नको लागि मेयर के बलुन अर्थात् मेयरलाई भन्नुहोस् परिसेवा आजदेखि शुरू भएको छ। स्मरण रहोस्, सिलगढी नगरनिगमको प्रशासक पदको दायित्व सम्हालेपछि गौतम देवले सिलगढी सहरका मानिसहरूको विभिन्न अभाव तथा अभियोगहरू सुन्नको लागि टक टु चेयरम्यान परिसेवा शुरू गरेका थिए। त्यस समय सहरका धेरैजना मानिसहरूले टेलिफोनको माध्यमद्वारा आफ्नो विविध समस्याहरू प्रशासक गौतम देवलाई सुनाए भने तीमध्ये केही समस्याहरूको समाधान पनि गरिदिएका थिए। हाल मेयरको पदभार सम्हालेपछि तिनले फेरि उक्त परिसेवा शुरू गर्ने उद्देश्य लिएर मेयर के बलुन परिसेवा शुरू गरेका छन्। सहरवासीहरूले प्रत्येक शनिबार बिहान 11 बजीदेखि 12 बजीसम्म एक घण्टा टेलिफोनको माध्यमद्वारा आफ्नो विविध समस्याहरू मेयर गौतम देवसमक्ष राख्न सक्नेछन्। आजदेखि उक्त परिसेवा शुरू भएपछि मेयर गौतम देवले 1 घण्टामा 32 जना मानिसहरूसित फोनमार्फत् कुराकानी गरे। आजको मेयर के बलुन परिसेवामा विशेष गरेर सहरवासीहरूले पिउने पानीको समस्याबारे मेयरलाई अवगत गराए। यस विषयमा स्थायी रूपमा समाधान गर्ने मेयर गौतम देवले बताए। यस अवसरमा तिनले भने, आज मेयर के बलुन परिसेवा अन्तर्गत सहरवासीहरूले टेलीफोनमार्फत् आफ्नो विविध समस्याहरू आफूलाई सुनाए। ती समस्याहरूको समाधान गर्ने प्रयास गरिने तिनले बताए। सिलगढीवासीहरूले आवश्यकताअनुसार पिउने पानीको परिसेवा नपाएकोले पिउने पानीको समस्या विषयमा बारम्बार मानिसहरूले माग गर्ने गर्छन्। यसैले अब यसको स्थायी रूपमा समाधान गर्ने प्रयास गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *