मीड-डे मिल-को रूपमा चामल र आलु वितरण गरिने

सिलगढी : बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले कोरोना भाइरसबाट बाँच्नको लागि नयाँ निर्देश जारी गरेकी छन्। उक्त निर्देश अनुसार आगामी 15 अप्रेलसम्मको लागि राज्यका सबै स्कूल, आईसीडीएस सेन्टर बन्द गरिदिएको छ। मुख्यमन्त्री ममता बनर्जीले स्कूल अनि आईसीडीएस सेन्टरमा जुन नानीहरूलाई मीड-डे मील दिइने गरिनथ्यो, ती नानीहरूलाई स्कूल बन्द अवधि घर-घरमा गएर मीड-डे मील पुऱ्याइ दिइने निर्देश दिएकी छन्। यसैलाई लिएर आज राज्यका पर्यटन मन्त्री गौतम देवले बालिका विद्यालयमा शिक्षा विभागका अधिकारीहरूसँग एउटा बैठक गरे। उक्त बैठकमा तिनले 22 अनि 23 मार्च बिहान 11 बजीदेखि अपरान्ह 4 बजीसम्म सिलगढीका सबै स्कूलको पाँचौदेखि लिएर आठौ श्रेणीसम्मका विद्यार्थीको परिवारका सदस्यहरूलाई 2 किलो चामल र 2 किलो आलू मीड-डे मिलको रूपमा वितरण गरिने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *