माइग्रेसन फिसमा वृद्धिलाई केन्द्र गरेर उत्तरबंग विश्वविद्यालयमा उत्तेजनाको माहौल

 सिलगढी : माइग्रेसन सर्टिफिकेट फिसमा वृद्धिलाई केन्द्र गरेर उत्तरबंग विश्वविद्यालयमा उत्तेजनाको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार उत्तरबंग विश्वविद्यालय परिसरमा आज माइग्रेसन फारम र फिस वृद्धिलाई केन्द्र गरेर उत्तेजनाको माहौल देखापर्यो। विद्यार्थीहरूको आरोप अनुसार यसभन्दा अघि फारमको मूल्य 50 रुपियाँ र माइग्रेसन सर्टिफिकेटको लागि 500 रुपियाँ दिनुपर्थ्यो। तर आज विद्यार्थीहरू माइग्रेसन फारम र सर्टिफिकेट लिन जाँदा फिसमा वृद्धि देखेर अचम्भित भए। माइग्रेसन सर्टिफिकेट लिन आएका विद्यार्थीहरूले फिसमा वृद्धि देखेर क्षोभ प्रकट गरे। गत शुक्रबार माइग्रेसन फिस जुन थियो आज भिन्नै रहेकोले किन फिसमा वृद्धि गरिएको भन्दै विद्यार्थीहरूले क्षोभ प्रकट गरेको बताइएको छ। यस विषयमा विश्वविद्यालयका रजिस्ट्रार डा. प्रणब घोषले भने, ईसी बैठकमा 18 वर्षपछि फिसमा बढ़ोतरी गरेको हो। फिस वृद्धिबारे वेबसाइटमा पनि अपलोड गरिदिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.