मिलनपल्ली आउटपोस्टको नाम परिवर्तन गरेर ‘भोरेर आलो थाना’, मुख्यमन्त्रीले गरे उद्घाटन

गजलडोबा (निसं): मुख्यमन्त्री ममता ब्यानर्जीले भोरेर आलो थानाको उद्घाटन गरिन्। सिलगढीको कञ्चनजङ्घा स्टेडियमबाट मुख्यमन्त्रीले आज यस थानाको भर्चुअल उद्घाटन गरिन्। सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत गजलडोबा संलग्न मिलनपल्ली आउटपोस्टको नाम परिवर्तन गरेर भोरेर आलो थाना राखिएको छ। आज मुख्यमन्त्रीले सिलगढीको कञ्चनजङ्घा स्टेडियममा विभिन्न सरकारी सेवा तथा परियोजनाहरूको उद्घाटन गर्नको साथै नयाँ थानाको पनि उद्घाटन गरिन्। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, सन्दीप दत्त, हिरुकान्ति सरकार लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए। स्मरण रहोस्, मुख्यमन्त्री ममता ब्यानर्जीले हिजो गजलडोबामा झलुङ्गे पुलको पनि उद्घाटन गरेकी थिइन्। भोरेर आलो पर्यटन केन्द्रलाई ध्यानमा राखेर यस थानालाई पनि आकर्षक बनाएको छ। उक्त थानामा सबै आधुनिक बुनियादी ढाँचाहरू राखिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *