मिलनपल्ली आउटपोस्ट पुलिसको पहलमा  ‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना

राजगञ्ज रगतको संकट दूर गर्ने उद्देश्य लिएर मिलनपल्ली आउटपोस्ट पुलिसले आज उत्सर्ग रक्तदान शिविरको आयोजना गर्यो। सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत मिलनपल्ली आउटपोस्ट पुलिसको पहलमा तथा सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगितामा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा पुलिस कर्मीहरू लगायत साधारण मानिसहरूले रक्तदान गरे। उक्त शिविरमा सिलगढी पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदी, डीसीपी ईस्ट जय टुडू, न्यु जलपाईगढी थानाका ओसी पार्थ सारथी दास, मिलनपल्ली थानाका ओसी हिरूकान्ति सरकार लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *