मिलनपल्ली यङ स्टार क्लब-द्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : कोरोना परिस्थितिपछि विभिन्न अस्पतालहरूमा रगतको संकट देखा परेकोले गर्दा सिलगढीको मिलनपल्ली यङ स्टार क्लबको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। सिलगढी वेलफेयर अर्गनाइजेसनको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा पुरुषहरू लगायत महिलाहरूले पनि स्वेच्छाले रक्तदान गरे भने शिविरमा संग्रह गरिएको रगत लगढी जिल्ला अस्पतालमा पठाइनेछ। उक्त शिविरमा क्लबका सचिव सञ्जय पाल, सभापति तुलसी गाङ्गुली र अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *