मिलनपल्ली युवक वृन्द-द्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : मिलनपल्ली युवक वृन्दको तर्फबाट आज सिलगढीको एसएफ रोडमा रक्तदान शिविरको आयोजना गरियो। मिलनपल्ली युवक वृन्द क्लबको 6औँ स्थापना दिवसको अवसरमा तथा मैनागढी ट्रेन दुर्घटनालाई केन्द्र गरेर उक्त रक्तदान शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरमा संग्रह गरिएको रगत लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ। क्लबका सचिव अभिजीत दे विश्वासले बताएअनुसार रगतको संकट देखापरेको साथै मैनागढी ट्रेन दुर्घटनालाई ध्यानमा राखेर उक्त शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *