मिलन प्रधानको पहिलो कविता संग्रह ‘ब्रेकिङ न्युजमा गाउँ’-को विमोचन

खरसाङ: भारतीय नेपाली साहित्यमा निरन्तर रूपमा उम्दा कविताहरू लेखिरहने कवि मिलन प्रधानको पहिलो कविता संग्रह ब्रेकिङ न्युजमा गाउँ आज तीनधारेको महात्मा गाँधी हलमा विमोचन गरियो। वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडाको अध्यक्षता र वरिष्ठ साहित्यकार नरबहादुर दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त कविता संग्रहको विमोचन गरियो। हनोक थापाको सञ्चालन अनि गीतकार सुकुमार बराईलीको स्वागत सम्भाषणबाट शुरू गरिएको कार्यक्रममा स्वागत नृत्य नयाँ कमानका आकृति प्रधानले प्रस्तुत गरिन्। कार्यक्रममा वरिष्ठ साहित्यकार कालुसिंह रणपहेंली, पी लक्की शेर्पा, सुवास छेत्री भावुक, बालकृष्ण थामी, नितेस राई, द्वारिका छेत्री, निरज थापा, संजोक खवास, मिलन लामा रोगी‘, मेघना तामाङ, अश्रिया प्रधान आदिले कविताहरू र गजल पठन गरेका थिए। कार्यक्रममा स्वर लहर प्रतिभाको खोज सिजन दुईको विजेता सिविटारका मोहित भुजेल, गायिका ऋषिका लामा र सरस्वती तामाङद्वारा सुमधुर गीत प्रस्तुत गरियो। कार्यक्रममा कवि मिलन प्रधानको पहिलो कविता कृति ब्रेकिङ न्युजमा गाउँ विमोचन गरियो। कार्यक्रममा कवि मिलन प्रधानको परिचय सञ्जीव छेत्रीले राखेका थिए भने आज विमोचन गरिएको कविता कृतिमाथि कवि सतीश छेत्रीले समीक्षात्मक टिप्पणी राखे। कार्यक्रममा कवि मिलन प्रधानलाई सम्मान गरियो भने आफ्नो सम्बोधनमा कवि मिलन प्रधानले आफ्नो कविता कृति प्रकाशनमा सहयोग गर्ने र उपस्थितिको लागि सबैप्रति आभार प्रकट गर्दै विमोचित कविता संग्रह ब्रेकिङ न्युजमा गाउँ कविता पठन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *