मिलावटी दुधबारे अधिकारीहरूको निरीक्षण

कुचबिहार : माथाभाङ्गा बजारमा धेरै दिन अघिदेखि मिलावटी दुध बिक्री गरिरहेको खबर प्रकाशमा आइरहेको थियो। यसैलाई केन्द्र गरेर आज साँझ माथाभाङ्गा महकुमा शासक जितिन यादव, खाद्य अधिकारी पारोमिता गोगोईले माथाभाङ्गा दुध बजारको निरीक्षण गरे। उक्त निरीक्षण अवधि त्यहाँ बिक्रीमा राखिएको दुध टेस्ट गरियो। यस अवधि एकजना व्यवसायीले बिक्री गर्न राखिएको दुधमा मिलावट रहेको भेट्टाइएको बताइएको छ। यस अवसरमा खाद्य अधिकारी पारोमिता गोगोईले यस प्रकारको अभियान लगातार जारी रहने बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *