मिलावटी तारपीनको तेल बिक्री गरेको आरोपमा तीनजना युवक हिरासतमा

सिलगढी : मट्टीतेल मिसाएर तारपीनको तेल बनाएपछि बजारमा बिक्री गर्ने गरेको आरोपमा सिलगढी पुलिस कमिश्नरेटको स्पेशल अपरेसन ग्रुप तथा भक्तिनगर पुलिसले तीनजना युवकलाई हिरासतमा लिएको छ। स्पेशल अपरेसन ग्रुप तथा भक्तिनगर पुलिसले संयुक्त रूपमा आज सिलगढीको 44 नम्बर वार्डको आशिक घाट रोडस्थित एउटा घरमा छापामार अभियान चलाएर हजारौँ लिटर मिलावटी तेल उद्धार गर्नको साथै तीनजना युवकलाई हिरासतमा लिएको छ। प्राप्त जानकारीअनुसार पक्रा परेका तीनजना युवकले केही वर्ष अघिदेखि एउटा घर भाडामा लिएर मिलावटी तारपीनको तेलको धन्दा चलाइरहेका थिए। उक्त युवकहरूले मट्टीतेल मिलाएर मिलावटी तारपीनको तेल बनाएर बजार मूल्यभन्दा कम मूल्यमा हार्डवेयर दोकानहरूमा पठाउने गर्दथे। आज पुलिसले उक्त घरमा छापामार अभियान चलाएर हजारौँ लिटर तेल लगायत खाली बोतल र नकली स्टीकर उद्धार गरेको छ। भक्तिनगर पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *