मिलिन्द सुमन सन्दकफु-को भ्रमणमा

सुकेपोखरी : दार्जिलिङ पुलिसद्वारा आयोजित सातौँ दार्जिलिङ हिल म्याराथानका ब्रान्ड एम्बासेडर तथा मोडल मिलिन्द सुमन हाल सन्दकफुको भ्रमणमा छन्। तिनले दार्जिलिङको विश्व प्रसिद्ध पर्यटन स्थल अनि सिहंलिला ट्र्याकको आनन्द लिइरहेका छन्। स्वास्थ्य जीवन अनि दैनिक जीवनमा व्यायमको आवश्यकताबारे मानिसहरूलाई सन्देश दिँदै तिनले बिहानको समय व्यायम समेत गरिरहेको फोटो लगायत भिडियोहरू हाल सोशल मीडियामार्फत् सार्वजनिक भइरहेको छ। ती भीडियोहरूमा मिलिन्द सुमन औधी उत्साहित बनेर दाजिलिङ पहाडको प्राकृतिक सुन्दरताको भरपूर आनन्द उठाइरहेको देखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *