मिलिङ क्षेत्रको 21 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

सोनादा (निसं) : सोनादा अन्तर्गत मिलिङ क्षेत्रको विभिन्न पार्टीका 21 घर-परिवारका सदस्यहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाएका छन्। मिलिङको बुथ नम्बर 321-को पहलमा गरिएको यस समर्थन कार्यक्रममा भागोप्रमो रंगबुल जोनको महासचिव पेमा लामाको विशेष उपस्थिति रहेको यस कार्यक्रममा बुथ नम्बर 321-का अन्य कार्यकारिणी र पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बुथ सचिव कुञ्जुला वाईबाले सञ्चालन गरेका यस समर्थन कार्यक्रमलाई बुथ सभापतिले भागोप्रमो पार्टीमा सामेल हुने सबै जनालाई खदा लगाइ दिएर हार्दिक स्वागत जनाउँदै सबै मिलेर आफ्नो गाउँ-घरको विकास गर्नुपर्छ भनि बताए। यस अवसरमा भागोप्रमो-को बुथ स्तरीय नारी शक्ति पनि गठन गरियो। उक्त कमिटीमा सभापति रिया प्रधान, उप सभापति संजा तामाङ, सचिव अर्पना मुखिया, सह सचिव रेणु गुरूङ, कोषाध्यक्षा प्रिति गुरुङ लगायत अन्य चयन भएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.