मिलिङ चियाबारीको लम्बा गाउँ जाने सडकको खनन कार्य भागोप्रमो-को पहलमा आजदेखि सुरू

सोनादा: मिलिङ चियाबारीको लम्बा गाउँ जाने गाडी कुद्ने सडकको खनन कार्य आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले शुरु गरेको छ। रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत मिलिङ चियाबारीको लम्बा गाउँ भ्रमणमा गत सप्ताह भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका समष्टि समन्वयक राजेश चौहान पुग्दा स्थानीय जनमानसले हालसम्म पनि गाउँमा गाडी कुदने सडक नभएकोले गर्दा मानिसहरूलाई धेरै असुविधा भइरहेको गुनासो सुनाएका थिए। राजेश चौहानले पार्टी प्रमुख अनित थापासित यसबारे कुरा गरेर समस्याको समाधान गरिदिने वचन दिएका थिए। भ्रमणको सप्ताह दिन नबित्दै राजेश चौहानले आजदेखि बाटो खनन् कार्य शुरु गरिदिएकोमा स्थानीय शिक्षक सिद्धार्थ मोक्तानले राजेश चौहान अनि पार्टी अध्यक्ष अनित थापाप्रति कृतज्ञता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *