मिनी म्याराथान दौड़को आयोजना

खोरीबारी: फिट इण्डिया मुभमेन्ट अन्तर्गत आज एसएसबी 19औ बटालियनको तर्फबाट मिनि म्याराथानको आयोजना गरियो। यस अवसरमा एसएसबी 19औ बटालियनका कमाण्डेन्ट मितुल कुमार, उप कमान्डेट कोजा राम लोमरोर तथा नवीन कुमार राय, फेमिली मेम्बरसहित स्कूलका बिद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। एसएसबी 19औ बटालियन सूत्रले दिएको जानकारी अनुसार फिट इण्डिया मुभमेन्ट अन्तर्गत एउटा कार्यक्रमको आयोजना गरियो। यसको साथै 1 किलोमीटर मिनी म्याराथान दौड़को पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *