मिनी पोस्ट फुटबल टुर्नामेन्ट शुरू

सुकेपोखरी: पोख्रेबुङ बस्ती लेप्चा गाउँ एसोसिएसनको तत्वावधानमा ठकुरी गाउँ प्रथमिक पाठशाला खेल मैदानमा अन्तर पोख्रेबुङ भ्याली मिनी पोस्ट फुटबल टुर्नामेन्टको उद्घाटन म्याच पोख्रेबुङ बस्ती दुई नम्बर बनाम पोख्रेबुङ बस्ती चार नम्बरमाझ सम्पन्न भयो भने दोस्रो म्याच पोख्रेबुङ बस्ती मिलन परिवार बनाम तुङसुङ चियाकमान माझ सम्पन्न भयो। विशेष कोभिड-19 को यस महामारीमा विद्यार्थीहरूले घरमा नै बसेर आफ्नो अध्ययन गरिरहेका छन्। यस स्थितिबीच अध्ययनसँगै तिनीहरूलाई  खेलकुद तर्फ अग्रसर गराउन टुर्नामेन्ट आयोजना गरिएको आयोजक समितिले बताएको छ। टुर्नामेन्टको प्रारम्भिक चरणमा साङ्गीतिक र सांस्कृतिक प्रस्तुती पनि समावेश गरिएको थियो भने टुर्नामेन्टको फाइनल खेल आगामी 6 फरवरीमा हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *