मिनी पोस्ट फुटबल टुर्नामेन्टमा चामोङ विजयी

सुकेपोखरी : जेएसएसएस समरीपानी टपलाइन पोख्रेबुङको तत्वावधानमा आयोजित नगद राशि फुटबल टुर्नामेन्टको फाइनल खेल चामोङ बनाम समरीपानीमाझ सम्पन्न भयो। फोर साइड मिनी पोस्ट फुटबल टुर्नामेन्टको फाइनल खेलमा समरीपानीलाई शून्यको विरुद्ध दुई गोल गरेर चामोङ टोली विजयी बन्यो। दिमन प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न टुर्नामेन्टको फाइनल खेलमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।


स्थानीय कलाकारद्वारा साङ्गीतिक कार्यक्रम र नृत्य समावेश गरिएको टुर्नामेन्टको फाइनलमा प्रदर्शनी म्याच पनि राखिएको थियो। विशेष कोभिड 19-ले गर्दा स्थगित गरिएको टुर्नामेन्ट पुनः सञ्चालन गर्दै फाइनल खेल सम्पन्न गरिएको आयोजक समितिले जनाएको छ। टुर्नामेन्टको फाइनल खेलमा विजेता तथा उपविजेता दुवै दललाई नगद राशिसहित ट्रफी उपस्थित अतिथिहरूको बाहुलीबाट प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *