मिराज एकाडेमी अफ स्पोर्ट्स एण्ड कराते (मास्क)-का विद्यार्थीहरूलाई ओरेन्ज-ब्राउन थ्री क्यु बेल्ट प्रदान

खरसाङ: मिराज एकाडेमी अफ स्पोर्ट्स एण्ड कराते (मास्क)-ले आज आफ्ना विद्यार्थीहरूलाई बेल्ट प्रदान गर्न यहाँको धोबीखोलास्थित एउटा भवनमा कार्यक्रमको आयोजना गर्यो। एकाडेमीका संस्थापक सेन्सी मिराज लेप्चाले सञ्चालन गरेको कार्यक्रममा मुख्य अतिथिको रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा समिति सभापति अनोश थापा, सिहान आरपी लामा, अन्तराष्ट्रिय बडीबिल्डिङ कोच सञ्जय छेत्री, सिहान अनिल राई, खरसाङ सदर अस्पतालकी सिस्टर इन चार्ज पूर्णिमा थापा लगायत खरसाङका विभिन्न कराते एकाडेमीका सेन्सीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा यस एकाडेमीका विद्यार्थीहरूलाई ओरेन्जदेखि ब्राउन थ्री क्यु सम्मको बेल्ट प्रदान गरियो। यस अवसरमा विद्यार्थीहरूले कराते सम्बन्धी विभिन्न प्रर्दशनीहरू पनि देखाए। आफ्नो सम्बोधनमा अनोश थापाले यस खेलमार्फत नानीहरू सर्वप्रथम अनुशासित बन्ने धारणा व्यक्त गर्दै यस खेलको उन्नतिको निम्ति सबैले मिलेर कार्य गर्नुपर्ने विचार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *