मिरिक 8 नम्बर वार्डमा सडक मरमती कार्यको शिलान्यास

मिरिक (निसं) : जीटीए मार्फत मिरिक नगरपालिका वार्ड नम्बर आठ अन्तर्गत भूपेन सुब्बाको घरदेखि शशी भूषण गुरूङको घरसम्म पुग्ने सडक मरमती गरिने भएको छ। उक्त सडक मरमती कार्यको शिलान्यास आज बिहीबार सियोक गोपालधारा ओकाइटी समष्टिका सभासद धुर्ब बम्जनले पण्डितको मन्त्रोच्चारणको साथमा नरिवल फुटाएर गरे। यस अवसरमा जीटीए जनसम्पर्क अधिकारी विवेक गोले, मिरिक पञ्चायत समितिका सदस्य एवं भागोप्रमो सियोक गोपालधारा ओकाइटी समष्टि अध्यक्ष समीरराई, तृणमूल कङ्ग्रेस युवा जिल्ला उपाध्यक्ष विकास सुब्बा लगायत स्थानीय मानिसहरू उपस्थित थिए। यस अवसरमा सभासद धुर्ब बम्जन अनि जनसम्पर्क अधिकारी विवेक गोलेले जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा उक्त सडक मरमती हुने भएको जानकारी दिँदै यसले स्थानीय मानिसहरूलाई यातायातमा धेरै सुविधा पुग्नेछ भनी बताए। अर्कोतिर, स्थानीय मानिसहरूले सडक मरमती कार्य हुने भएपछि हर्ष प्रकट गर्दै जीटीए प्रमुख अनित थापा र क्षेत्रीय सभासद धुर्ब बम्जन प्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *