मिरिक भाजपा कार्यालयमा श्यामा प्रसाद मुखर्जीको स्मृति दिवस पालन

मिरिक : भारतीय जनता पार्टीका संस्थापक श्यामा प्रसाद मुखर्जीको योगदानलाई मूल्याङ्कन गर्दै आज मिरिकमा स्मृति दिवस पालन गरियो। मिरिकस्थित भाजपा पार्टी कार्यालयमा कोरोनाको नियमलाई पालन गर्दै सामान्य रूपमा स्मृति दिवस पालन गरिएको भाजपा दार्जिलिङ जिल्ला समितिका महासचिव किशोर सिंहले जानकारी दिएका छन्। श्यामाप्रसाद मुखर्जीले भाजपा पार्टी गठन गर्नको साथै देशहितमा गरेका कार्यहरूको मूल्याङ्कन हुन जरुरी रहेको तिनले बताए। कार्यक्रममा भाजपाका मिरिक मण्डल अध्यक्ष अमर राणा लगायत परशु वाङ्गदेल, प्रसाद प्रधान आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *