मिरिक बीपीएचसी-का नर्सिङ कर्मचारीहरूद्वारा विक्षोभ

मिरिक : मिरिक बीपीएचसीका नर्सिङ कर्मचारीहरूले आज हातमा प्ला कार्ड बोकेर मिरिक ब्लक प्राथमिक स्वास्थ्य केन्द्र अघि समान कामको लागि उचित वेतन दिइनुपर्ने सरकार समक्ष माग गर्दै विक्षोभ प्रदर्शन गरे। एसएसकेएम अस्पताल कोलकाताका नर्सिङ कर्मचारीहरूले समान कामको लागि उचित वेतन दिइनुपर्ने उठाएको मागको मिरिक बीपीएचसीका सिनियर पीएचएन ग्लोरिया राई लगायत अन्य नर्सिङ कर्मचारीहरूले समर्थन जनाउँदै आज विक्षोभ प्रदर्शन गरेको बताइन्। सरकारले आफूहरूको माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने ग्लोरिया राईले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *