मिरिक बस स्ट्याण्डमा रचना होमियोप्याथीको उद्घाटन

मिरिक: मिरिकको बस स्ट्याण्डमा अशोक राईको पहलमा रचना होमियो शुरु भएको छ। अब होमियोप्याथी उपचारमा विश्वास राख्ने अनि होमियोप्याथी औषधि लिइनेहरू सिलगढी धाइरहनु पर्ने छैन। मिरिक बजारको बस स्ट्यण्डमा होमियोप्याथी औषधिको लागि रचना होमियो शुरू गरियो। कोलकाताका प्रसिद्ध होमियो डाक्टर उज्जवल कुमार मुखर्जी अनि उत्तर बंगालका नामी डाक्टर संघमित्राले यो च्याम्बरमा भिजिट गर्ने भएका छन्। डा मुखर्जी दुई महिनामा एकपल्ट महिनाको पहिलो आइतबार यहाँ बस्नेछन् भने डा संघमित्रा प्रत्येक आइतबार विहान 9 देखि 3 बजेसम्म रहने छिन। आज पहिलो दिन नै यहाँ धेरै रोगीहरूले दुवै डाक्टरहरूबाट उपाचारको लाभ उठाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *