मिरिक क्षेत्रका गीर्जा घरहरूमा बड़ादिन हर्षोल्लासको साथ पालन

मिरिक: मिरिक अनि सुकेपोखरी क्षेत्रमा पनि आज बडादिन अर्थात क्रिसमस प्रेमभाव अनि सद्भावनाको साथमा पालन गरियो । मिरिकको वार्ड नम्बर आठको दुइवटा चर्च, वार्ड नम्बर तीन थाना लाइन, मिरिक बस्ती, मरमा, डनबस्को, सौरेनी, फुवागढी आदिको विभिन्न चर्चहरुमा बडादिन उत्साहको साथमा पालन गरिएको छ । सुके पोखरी खण्ड अन्तर्गत पाँचवटा चर्चहरूमा पनि क्रिसमस उत्सव बड़ो हर्षोल्लासको साथ पालन गरियो। यस अवसरमा यहाँका चर्चहरूमा भेला भएर ख्रीष्ट विश्वासीहरूद्वारा प्रभु येशुको महिमा गाउँदै परमेश्वर समक्ष धन्यवाद अर्पण गरे। प्रभु येशुको जन्मदिनलाई केन्द्र गरेर पालन गरिने क्रिसमस उत्सवको महत्व र यसको महानताबारे पास्टरहरूले आ-आफ्नो विचार साझा गरे।बड़ादिन पर्वलाई रोचक बनाउन ख्रीष्ट भक्तहरूद्वारा भजन तथा गीतहरू प्रस्तुत गरेर अतिथिहरूलाई मनोरञ्जन प्रदान गरिएको देखियो।


यसैगरी, सुके थानाको पक्षबाट पनि सुके बजारमा अवस्थित पाँचवटा चर्चमा पुगेर क्रिसमस उत्सवको शुभकामना टक्राउँदै प्रभु येशुको नाममा केक काटेर वितरण गरे। यस अवसरमा आपसी एकता एवं भाइचाराको सन्देश दिँदै सुकेपोखरी थाना प्रभारी सुदिप कुमार बिश्वासको अगुवाईमा चर्च पुगेका सुके पुलिस प्रशासन सव स्टेशन प्रभारी सुमन लोहर, एसआइ आनन्द सुब्बा, एएसआइ सुरेन राई, सबैले आगामी नयाँ वर्षको अग्रीम बधाई शुभकामना टक्राए। यता पुसिम्बेंग, प्लुंगदुंग, माँनेभञ्ज्याङ, पशुपति, रागंभाङ्ग संलग्न क्षेत्रका चर्चहरूमा पनि आज बड़ादिन हर्षोल्लासको साथ पालन गरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *