मिरिक छोटाटिङलिङमा भुजेल सांस्कृतिक एवम् कल्याण संगठनको कार्यक्रम

मिरिक : भुजेल सांस्कृतिक एवम् कल्याण संगठन छोटाटिङलिङ शाखाको पहलमा स्वर्गीय पदममाया भुजेलनी समाज भवनामा एउटा स्वागत कार्यक्रम सम्पन्न गरियो। महासचिव कुमार भुजेलले कार्यक्रमलाई सम्बोधन गर्दै हामीले खाता र पेपरमा मात्र भूजेल लेखेर हुँदैन। हामी खाँटी भूजेल हौँ भने हामीले भूजेल जातिको संस्कार र संस्कृतिलाई आफ्नो घरबाट नै शुरू गरेको हुनुपर्छ। जुन जुन ठाउँहरूमा भूजेल जाति बसेका छन् त्यहाँ हाम्रो संस्कार र संस्कृति छ। धेरैजनाले जातिय संस्कार र संस्कृतिको कुरो बोर्ड भएर मात्र आएको भन्छ तर त्यो गलत विचार हो। अज्ञानता हो। संगठनले भुजेल जातिलाई जनजातिको मर्यादा दिलाउन पहल जारी राखेको तिनले बताए। यसैगरी, फोरो (पुजारी) प्रमोद भूजेलले भूजेल जातिको मृत्यु संस्कार र बिहा संस्कारमाथि प्रकाश पारे। छोटाटिङलिङ शाखा अध्यक्ष अरूण भूजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भूजेल सांस्कृतिक एवम् कल्याण संगठनका महासचिव कुमार भूजेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने अन्य अतिथिहरूमा संगठनका कार्यकारी अध्यक्ष जय भूजेल, कोषाध्यक्ष श्याम भूजेल, केन्द्रीय समिति सदस्य सुरेन भूजेल, ध्रुब भूजेल, अशोक भूजेल, बोर्ड सदस्य चन्द्र भूजेल साथै शाखाका प्रमुख सल्लाहकार दिपक भूजेल र फोरो (पुजारी) पण्डित प्रमोद भूजेल उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *