मिरिक छोटाटिङलिङको प्रगतिशील नागरिक मञ्चद्वारा 8 अगस्तमा ड्रग्सबारे जनचेतना कार्यक्रम गर्ने

मिरिक : मिरिक महकुमाको छोटाटिङलिङको पञ्जीकृत गैरसरकारी संस्था प्रगतिशील नागरिक मञ्चको सभा अध्यक्ष अर्जुन थापाको अध्यक्षता र सचिव मनोहर शर्माको सञ्चालनमा आज सम्पन्न भयो। उक्त सभामा आगामी 8 अगस्तको दिन वर्तमान समयमा बढ्दो ड्रग्सको प्रभावलाई रोक्ने उद्देश्य लिएर जनचेतना कार्यक्रम गर्ने निर्णय लिएको छ। उक्त जनचेतना कार्यक्रममा पानीघट्टा पुलिस पोस्टबाट पोस्ट प्रभारी, मिरिक स्वास्थ्य केन्द्रबाट बीएमओएच, पानीघट्टा बिट अफिसका रेञ्जर, सौरेनी ग्राम पञ्चायत दुईबाट सचिव आदिलाई निमन्त्रणा गरिने निर्णय लिएको छ। उक्त मञ्चले यसभन्दा अघि पनि गाउँलाई दुर्व्यवसनबाट बचाउन कार्य गरिरहेको साथै यस्तो कुलतबाट गाउँ र क्षेत्रलाई बचाउनको लागि निरन्तर लागिपर्ने सभामा निर्णय लिएको छ। सभामा आगामी 20 अगस्त 2021 –को दिन नेपाली भाषा मान्यता दिवस पालन गरिने भएको छ। त्यस दिन युवा कवि मनोहर शर्मा अविनाश-को तेस्रो साहित्यिक कृति नियात्रा संग्रह देवरालीमा फूल र पाती-को लोकार्पण गरिने भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा भाषाविद्, साहित्यकार आरबी राईलाई निमन्त्रणा गरिने पनि निर्णय लिएको छ। यसको साथै उक्त मञ्चले आगामी 15 अगस्तको दिन स्वतन्त्रता दिवस सामान्य रूपमा पालन गर्ने निर्णय लिएको छ। आजको सभालाई मञ्चका कोषाध्यक्ष कैलाश खवास, प्रवक्ता अरुण खवास, सल्लाहकार केपी शर्मा आदिले पनि सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *