मिरिकदेखि चल्ने ट्याक्सीहरूले मनपरी भाडा उठाउन नपाउने

मिरिक: मिरिकदेखि सिलगढी, दार्जीलिङ, खरसाङ तथा सम्बन्धित रुटमा पर्ने ठाउँहरुको गाडी भाडा निश्चित गरिएको छ। कृष्णनगर मिरिक ट्याक्सी स्ट्याण्ड सेण्डिकेट एशोसिएसन अध्यक्ष साङ्गे तामाङ अनि सचिव विराज राईले गाडी भाडा निर्धारित मुल्यदेखि धेरै उठाएको गुनासो आइरहेकोले मिडिया मार्फत गाडी भाडा निश्चित गरिएको स्पष्ट बताए । अध्यक्ष साङ्गे तामाङले सेण्डिकेटसँग सम्बन्धित ट्याक्सी गाडीहरुले निर्धारित मुल्यदेखि धेरै भाडा नउठाएको बताउँदै कतिपय मौकामा कुद्ने गाडीहरुले मात्र तोकिए भन्दा धेरै भाडा लिइरहेको जान्नमा आएकोले यदि यस्तो भए सेण्डिकेटमा प्रमाणसहित गुनासो दर्ता गराउने अपिल गरे। तिनले प्रशासनलाई पनि अपिल गर्दै कार्वाही र निगरानी गरिदिने आग्रह गरे।


तिनले सिलगढी , दार्जीलिङ , खरसाङ आदिको भाडा केवल 150 रूपियाँ रहेको बताउँदै  त्यो भन्दा धेर भाडा लिए प्रमाण सहित गुनासो दर्ता गराउन सक्ने बताए । तिनले मिरिकदेखि पशुपति फाटक 80 रूपियाँ, मिरिकदेखि सुकिया पोखरी 100 रूपियाँ, मिरिकदेखि घूम स्टेशन 140 रूपियाँ भाडा निर्धारित गरिएको जानकारी दिँदै मिरिकदेखि दुधे 80 रूपियाँमिरिकदेखि गाडीधुरा 100 रूपियाँ अनि मिरिकदेखि रोहिणी गेट 130 रुपियाँ भाडा रहेको जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *