मिरिक धुसेनीबाट 25 परिवार हाम्रो पार्टी-मा सामेल

मिरिक: मिरिकको धुसेनी गाउँका 25 परिवार जितेबीर र दिन्छेन तामाङको अगुवाइमा हाम्रो पार्टीमा सामेल भएका छन्। एस्तर तामाङको अध्यक्षतामा सम्पन्न भएको सभामा हाम्रो पार्टी मिरिकका संयोजक प्रशान्त लामाले आप्नो पार्टीमा सामेल भएका मानिसहरूलाई पार्टीमा स्वागत जनाउँदै खदा लगाइदिएर पार्टीको झण्डा प्रदान गरे। सभापछि पार्टीमा सामेल भएका जीतबीर तामाङले बताए अनुसार धुसेनी क्षेत्रबाट अजय एडवर्डको सामाजिक कार्य तथा तिनले पुऱ्याइरहेको विविध सहयोग कार्यलाई मन पराएर तिनको पार्टीमा सामेल भएको हो अनि अझ धेरैजना मानिसहरूले हाम्रो पार्टीमा सामेल हुने इच्छा गरे तापनि कतिपय कारणवश तिनीहरू सभामा आउन सकेनन्। सभा अवधि मोठ 25 परिवार हाम्रो पार्टी-मा सामेल भएको तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *