मिरिक गोपालधाराका युवाहरू गोरामुमोमा सामेल

मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, मिरिक ब्राञ्च कार्यालयमा सम्पन्न सभामा मिरिक गोपालधारा भिर गाउँ वार्ड नम्बर 12 का केही युवाहरू पार्टीमा सामेल भए। ती युवाहरू क्रमैले सतिस तामाङ, दिप छिरिड तामाङ, आशिष राई, सैलेष लिम्बु आदि हालसम्म कुनै पार्टीसँग सम्बन्धित नरहे तापनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको मुद्दा र सिद्धान्तलाई मन पराएर पार्टीको केन्द्रीय अध्यक्ष मन घिसिङको हात दह्रिलो बनाउने सोंच राखेर गोरामुमोमा सामेल भएको बताए। तिनीहरूलाई खदा लगाइ दिएर दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले आफ्नो पार्टीमा स्वागत जनाए। यसको साथै आगामी दिनहरुमा गोरामुमो पार्टीको दिशा निर्देशन अनुसार अनुशासित ढंगले मुद्दालाई पार लगाउन पर्ने तिनले जनाए। अर्कोतिर, यी युवाहरूले चाँडै आफ्नो क्षेत्रमा अर्को सभा गरेर अझै पार्टी विस्तार गर्ने साथै आफ्नो जातिको निम्ति केही गर्छु भन्ने जमातलाई अघि ल्याउनमा कुनै कसर न छोडने जनाए। आजको सभामा सहदेव रणपहेली, प्रवीण राई, अमिर थापा, रूचन राई लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *