मिरिक गोपालधारामा निःशुल्क रक्तदान र स्वास्थ्य शिविर

मिरिक : मिरिक गोपालधारा चियाबारीको पासाङ गाउँमा 7 जना युवाहरूको समूह रे अफ् होप-ले धेरै सामाजिक कार्यहरू गर्दै आइरहेको छ। यसै क्रममा आज उक्त संस्थाले गोर्खा चेरिटेबल सुपरस्पेसियालिटी हस्पिटल, रोटरी ब्लड ब्याङ्क, लायन्स नेत्रालय, पल्स अकुप्रेसर सेन्टर सिलगढी र प्रधान फार्मेसी सालबारीको सहयोगमा गाउँको सार्वजनिक भवनमा नि:शुल्क स्वास्थ्य जाँच र रक्तदान शिविरको आयोजना गर्यो। उक्त शिविरमा पासाङ गाउँ लगायत निकटवर्ती गाउँहरू पानधुरे, धोबीखोला, सियोक नारायण गाउँका धेरैजना रोगीहरुले नि:शुल्क रक्त जाँच,   रक्तचाप जाँचपल्स एकुप्रेसर र आँखा जाँच गराए। उक्त शिविरमा मोठ 28 जना युवाहरूले रक्तदान गरे। उक्त शिविरको आयोजना गर्नमा सुरेन प्रधान, निरज खामदुङ, श्रद्धा तामङ, सुरेन्द्र काल्देन, ममता छेत्री गिरी, रुपक रे, रुपेश छेत्री, सीएल प्रधान, मानिक चौधुरी, भास्कर दे, जाही, रीता, रतन आदिको सहयोग पुर्‍याएका थिए। यस अवसरमा दार्जिलिङ सरकारी महाविद्यालयका प्रोफेसर कबीर बस्नेत, वरिष्ठ लेखक पत्रकार अनि चिन्तक माधव बुढाथोकी लगायत गोपालधारा प्राथमिक पाठशालाका पूर्व प्रधान अध्यापक एके छेत्री उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *