मिरिक ग्राम पञ्चायत क्षेत्रमा पाडाये समाधान शिविर

मिरिक: राज्य सरकारले जनतालाई सरकारी योजना तथा साहुलियतहरू प्रदान गर्ने उद्देश्यले शुरू गरेको यस वर्षको पहिलो दैलोमा सरकार कार्यक्रम अन्तर्गत पाडाये समाधान शिविर आजदेखि मिरिकको ग्राम पञ्चायत क्षेत्रमा पनि शुरू भयो। उक्त शिविर आज पहिलो गाउँ स्कुल डाँडा ग्राम पञ्चायत 1 को ओकाइटी धजेटार सार्वजनिक भवन, सौरेनी ग्राम पञ्चायत 1 को सौरेनी बजार सार्वजनिक भवन, सौरेनी ग्राम पञ्चायत 2 को फुवागढी सार्वजनिक भवनमा सम्पन्न भयो। यसैगरी भोली 3 फरवरीको दिन यहाँको डुप्टिन ग्राम पञ्चायत, पहिला गाउँ स्कुल डाँडा ग्राम पञ्चायत 2 अनि च्याँगा पानीघट्टा ग्राम पञ्चायत अन्तर्गत शिविर सम्पन्न हुने भएको सम्बन्धित विभागीय अधिकारीमार्फत थाहा लागेको छ। समस्या समाधानको लागि आज मानिसहरूले शिविरमा विभिन्न योजनाहरू बारे आवश्यक कागजपत्र बुझाए। आज शिविरमा लोक प्रसार प्रकल्पका कलाकारहरूले सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *