मिरिक झीलमा आजदेखि नौका विहार शुरू

मिरिक : दसैँ तिहारको आगमनलाई ध्यानमा राखेर मिरिक झीलमा आजदेखि नौका विहार शुरू भएको छ। अक्टोबर महिना लागेपछि पहाडमा पर्यटन मौसम शुरू भएको छ। कोभिड 19-को सङ्क्रमणलाई ध्यानमा राखेर विशेष नियमहरू पालन गर्दै पर्यटन विभाग मिरिकले मिरिक झीलमा नौका सवारी शुरू गरेको छ। पर्यटन विभाग मिरिकले दिएको जानकारी अनुसार मिरिक झीलमा नौका विहार गर्नेहरूलाई विशेष लाइफ ज्याकेट अनि सेनिटाइजर उपलब्ध गराइएको छ भने थप दुईवटा नयाँ नौका थपिएको छ। यसको साथै पर्यटकहरूको सुरक्षालाई ध्यानमा राखेर कोभिड 19-को सबै सरकारी नियमहरूलाई पालन गरिएको पनि पर्यटन विभागले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *