मिरिक झीलमा डुबेर युवकको मृत्यु

मिरिक : मिरिक झीलमा डुबेर एकजना युवकको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार मृतक युवक मिरिकको वार्ड नम्बर 7 निवासी हुन्। झीलमा एउटा शव तैरिरहेको खबर पाएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै तिनको परिवारका सदस्यहरूलाई यसबारे जानकारी गरायो। पुलिसले उक्त शव पोस्टमर्टमको लागि उत्तर बङ्गाल मेडिकल पठाइदिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मृतक 34 वर्षीय युवक धीरेन तामाङको रूपमा चिन्हित गरिएको छ। सम्भवतः अधिक मदपान गरेको कारणले गर्दा तिनी झीलमा डुबेर मरेको हुनसक्ने पुलिसले प्राथमिक जाँचमा अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *