मिरिक झील परिसरको सफाईबारे पुलिसद्वारा सचेतना कार्यक्रम

मिरिक : मिरिक पर्यटन केन्द्रका मुख्य आकर्षण मिरिक झीललाई सफा राख्ने आव्हान गर्दै आज मिरिक पुलिसले एउटा सचेतना अभियान चलायो। मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासको विशेष पहलमा शुरू गरिएको उक्त अभियानमा पुलिस कर्मीहरूले स्थानीय नागरिक, पसले अनि पर्यटकहरूलाई मिरिक झीललाई सफा राख्न सबैको महत्वपूर्ण भूमिका रहेको बताँउदै फोहोर जतासुकै नफालेर डस्बिनमा फाल्ने अनुरोध गरे। पुलिसकर्मीहरूले सबैको सहयोग र सहभागिताले नै मिरिक झीललाई सफा राख्न सकिने जानकारी गराउँदै सबैलाई डस्बिनको प्रयोग गर्ने अनुरोध गरे। मिरिक झील मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षण रहेकोले यसलाई सफा राख्न साथै झीलको संरक्षमा पनि ठेवा पुगोस भनेर नै मिरिक पुलिसले उक्त अभियान शुरू गरेको मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासले बताए। मिरिक घुम्न आउने पर्यटक अनि स्थानीय मानिसहरूलाई मिरिक झीलमा फोहोर मैला-कुचैला नफालीदिने अनुरोध गर्दै प्रशासनले मिरिक झील परिसरमा पर्याप्त डस्बिनको ब्यवस्था गरेकोले सबैले यसको प्रयोग गरिदिने सबैसित तिनले अनुरोध गरेका छन्। तिनले उक्त सफाई अभियान मिरिक पुलिसले जारी राख्ने साथै मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूलाई पनि सुरक्षा प्रदान गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *