मिरिक झील परिसरमा साङ्गीतिक कार्यक्रम सम्पन्न

मिरिक : सूचना अनि संस्कृति विभाग जीटीए मिरिकको तर्फबाट तिहारलाई विदा दिँदै मिरिक झील परिसरको बोट स्ट्याण्ड मनोरञ्जन स्थलमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरियो। विशेष गरेर मिरिक घुम्न आउने पर्यटकहरू लगायत स्थानीय मानिसहरूलाई मनोरञ्जन दिलाउने उद्देश्य लिएर उक्त साङ्गीतिक कार्यक्रम सम्पन्न गरिएको सम्बन्धित विभागीय अधिकारीले जानकारी दिएका छन्। मिरिकको मौसममा अचानक परिवर्तन देखा परेर जाडो भए तापनि उक्त साङ्गीतिक कार्यक्रममा सूचना अनि संस्कृति विभागका कलाकारहरूले प्रस्तुत गरेका गीत सङ्गीतको आनन्द उठाउने दर्शकवर्गको घुइँचो लागेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *