मिरिक झील परिसरमा सहमेन्दु न्यु मार्केटको उद्घाटन

मिरिक: मिरिक नगरपालिकामार्फत मिरिक झील परिसरमा निर्माण गरिएको सहमेन्दु न्यु मार्केटको उद्घाटन आज पण्डितको मन्त्रोच्चारणको साथमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गरे। मिरिक कृष्णनगरमा ठेला गाडीमा विभिन्न ठाँउमा विविध सामानहरू बिक्री गरेर जिविका चलाउनेहरूलाई एउटै छानोमुनि व्यवस्थित ढंगले व्यावसाय चलाउन दिने उद्देश्यले निर्माण गरिएको सहमेन्दु न्यु मार्केटमा मोठ 29 वटा कोठा रहेको छ। उद्घाटन कार्यक्रम अवधि संगठनको पक्षबाट मिरिक नगरपालिका अध्यक्ष एलबी राईलाई सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान पनि जनाइयो। मिरिक नगरपालिका अध्यक्ष एलबी राईले कार्यक्रमलाई सम्बोधन गर्दै भने, यहाँका व्यावसायीहरूले ठेला गाडीमा चिया खाजा लगायत अन्य सामाग्रीहरू बिक्री गर्दा धेरै समस्याहरू झेल्न परेको आफुले देखेपछि नै यसको समाधान गर्नु पाउँदा आज धेरै खुशी अनुभाव गरेको छु। कसैको चुल्हा व्यवस्थित ढंगमा चल्छ भने त्यो भन्दा खुशीको कुरो केही होइन भन्दै मार्केट निर्माणमा मिरिक नगरपालिकाको इञ्जिनियरिङ विभागले पनि धेरै चुनौतीकौ सामना गरेको जसको लागि इञ्जिनियरिङ विभागका सम्पूर्ण कर्मचारीहरू पनि धन्यवादका पात्र रहेको तिनले बताए। तिनले मार्केटको निर्माणले मिरिक पर्यटन केन्द्र व्यवस्थित हुन टेवा पुगेको बताउँदै यसले स्वच्छ मिरिक निर्माण गर्नेछ अनि मिरिकको पर्यटन उद्योग पनि विकसित बन्ने छ भनी बताए। यस अवसरमा मिरिक ठेला गाडी व्यावसाय वेलफेयर एसोसिएशन-का अध्यक्ष बलाराम शर्माले भने, हामीले धेरै समय अघिदेखि ब्यावस्थित बजारको माग गरिरहेका थियौ जुन मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पूरा गरिदिएका छन्। यसको लागि सम्पूर्ण पसलेको पक्षबाट मिरिक नगरपालिका अध्यक्ष एलबी राईप्रति तिनले आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *