मिरिकका अश्विनी तामाङको कथा सङ्ग्रह “स्याडोज् अफ द अक्कल्ट माउन्टेन” पुस्तक सार्वजनिक

मिरिक: स्याडोज् अफ द अक्कल्ट माउण्टेन नाम गरेको पुस्तक सार्वजनिक भइसकेको छ। स्याडोज् अफ द अक्कल्ट माउण्टेन्ट अङ्ग्रेजी भाषामा लेखिएको सुन्दर कथा सङ्ग्रह हो। मिरिकका सशक्त अङ्ग्रेजी भाषाका लेखक एवं अनुवादक अश्विनी तामाङको पहिलो कथा सङ्ग्रह हो स्याडोज् अफ द अक्कल्ट माउण्टेन्ट। एकजना कुशल शिक्षक, विद्यालय प्रबन्धक, परिपर्यटनका ज्ञाता अश्विनी तामाङ अनुवादकको रूपमा परिचित छन् अनि परिपर्यटनको विकास, प्रबर्द्धन तथा मार्गदर्शनमा विगत दस-बाह्र वर्षदेखि निरन्तर लागि परेका अश्विनी तामाङको अङ्ग्रेजी भाषामा रचिएको विविध पक्षको उत्कृष्ट कथाहरूको सङ्ग्रह स्याडोज् अफ द अक्कल्ट माउण्टेन्टको प्रकाशक भुवनेश्वरको पोएटिका इमाजिका रहेको छ। कथा सङ्ग्रह स्याडज् अफ द अक्कल्ट माउण्टेन्टलाई अमाजोन् प्राइमले रिलिज गरेको छ। लेखक अश्विनी तामाङले दिएको जानकारी अनुसार अमाजोन प्राइम लगायत फ्लिपकार्ट, स्न्यापडिल, शपक्लज् अनि तीस हजार अन्य अनलाइन स्टोरहरूमा पुस्तक उपलब्ध हुनेछ। यसको अतिरिक्त मल्टिसिटी बुक स्टोरहरू अक्सफोर्ड बुक स्टोर दिल्ली , मुम्बई, चेन्नई , कोलकाता , भुवनेश्वर आदिमा पनि पुस्तक उपलब्ध हुनेछ। तिनले थप जानकारी दिँदै दार्जीलिङ, खरसाङ, कालेबुङ, सिलगढी अनि सिक्किम आदिमा पनि पुस्तक उपलब्ध हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *