मिरिकका दर्शन तामाङद्वारा विश्वको आठौँ उच्च शिखर मनसालु आरोहण

मिरिक (निसं) संसारको सबैभन्दा उच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरिसकेका मिरिक गोपालधारा पासाङ गाँउका 38 वर्षीय बीएसएफ-का जवान दर्शन तामाङले विश्वको आठौँ उच्च शिखर मनसालु सफलतापूर्वक आरोहण गरेर फेरि एउटा नयाँ कीर्तिमान हासिल गरेका छन। तिनले आठ हजार एक सय त्रिसठी फीट आग्लो शिखर मनसालुको सफलतापूर्वक आरोहण गरेपछि हाल तिनलाई बधाई दिनेहरूको घुइँचो लागेको छ।


अर्कोतिर, बीएसएफ-का पर्वतारोही दर्शन तामाङले शिखर मनसालु आरोहण गर्न सफल भएकोमा आफुलाई धेरै खुशी लागेको बताएका छन्। तिनले भविष्यमा अन्य शिखरहरूको पनि आरोहण गर्ने इच्छा व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *