मिरिकका डीएमडीसी मृदुल श्रीमोनीले गरे सौरेनी बजारको स्थलगत भ्रमण

मिरिक: मिरिकमा कोरोना संक्रमितहरुको संख्या लगातार बढेपछि महकुमा प्रशासनले यसबारे साधरणत मानिसहरुमा जागरुकता फैलाउँदै मास्क अनि सेनिटाइजरको प्रयोग अनिवार्य रूपमा गरिदिने साथै शारीरिक दुरत्वलाई कायम राख्नु पर्ने आग्रह गरेका छन् । आज मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमोनीले सौरेनी बजारको स्थलगत भ्रमण गरे। यस अवसरमा तिनले आम नागरिकहरुले कोरोना संक्रमणबाट जोगिन होशियारी अप्नाउनको साथै सरकारी नियमलाई पालन गरेका छन् अथवा छैनन् भन्नेबारे आफैले प्रत्यक्ष जानकारी लिए। तिनले यस्तो महामारीको समयमा मिरिकका प्रत्येक नागरिक पनि सचेत एवम् होशियार हुनपर्ने आवश्यकता माथि जोड दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *