मिरिक कराते डु एशोसिएसन-द्वारा पुनः प्रशिक्षण शुरू

मिरिक : मिरिक कराते डु एशोसिएसनले पुनः प्रशिक्षण शुरू गरेको छ। नानीहरुलाई सक्रिय र तन्दुरुस्त बनाई राख्न सेन्सी कैलाश थापाले कराते प्रशिक्षण पुनः शुरू गरेका छन्। कोभिड 19 सङ्क्रमणको परिस्थितिले गर्दा हाल विद्यालयहरू बन्द रहेकोले नानीहरूमा आलस्य उत्पन्न हुने व्यापक सम्भावना बढेर गएको छ। हाल परिस्थिति अनुकूल बन्दै गएकोले कराते प्रशिक्षणको माध्यमद्वारा नानीहरूमा शारीरिक अनि मानसिक उर्बरता ल्याउन प्रशिक्षण शुरू गरिएको सेन्सी कैलास थापाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *