मिरिकका सशक्त नारी स्रष्टा स्व. कमला राईलाई श्रद्धाञ्जलि

मिरिक: मिरिक प्रेस क्लबले आज मिरिक कृष्णनगरस्थित एउटा होटेलको प्रेक्षागृहमा क्लबका अध्यक्ष दीप मिलन प्रधानको अध्यक्षतामा शोक सभाको आयोजना गर्दै मिरिक निवासी नेपाली साहित्यका एकजना सशक्त नारी स्रष्टा स्व. कमला राईको निधनमा दुई मिनटको मौन धारण गरेर श्रद्धाञ्जलि अर्पण गऱ्यो। प्रेस क्लबका सह सचिव मनोहर शर्माले सञ्चालन गरेको सभामा वक्ताहरूले नारी स्रष्टा स्व. कमला राईको साहित्यिक एवम् सामाजिक योगदानको मूल्याङ्कन हुन पर्ने कुरामा जोड दिए। स्व. राईको योगदानलाई कदर गर्दै भविष्यमा तिनको स्मृतिमा मिरिक प्रेस क्लबले महत कार्य गर्ने आजको सभामा प्रस्ताव पारित गरेको बताइएको छ। सभालाई क्लबका सचिव यवन गुरुङ, कार्यकारी सदस्य सुकान्त दुङमालीले पनि सम्बोधन गरे भने युवा पत्रकार दिब्यदर्शन छेत्री, आशिष गिरीको पनि विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *