मिरिकका सुनील राईले बनाए एल्युमिनियम र तामाको तारले सजाउने समानहरू

मिरिक : मिरिकको प्रताप गाउँ निवासी सुनील राईले एल्युमिनियम र तामाको तारले सिंह, गोल्डन ईगल र गौतम बुद्धको आकृति भएको सजाउने समान बनाएका छन्। गत वर्षको लकडाउनको समयलाई सदुपयोग गरेर तिनले एल्युमिनियम र तामाको तारको सहयोगमा गौतम बुद्ध, गोल्डन ईगल र सिंहको सुन्दर आकृति भएको सजाउने ठुल्ठुला समानहरू बनाएका छन्। उक्त बनाएको समानहरू स्थानीय युवाहरूको लागि प्रेरणाको स्रोत बनेको छ। यदि कला र सीप छ भने फुर्सतको समयलाई सदुपयोग गरेर राम्रो काममा प्रयोग गर्न सकिन्छ भन्ने सुनील राईले उदाहरण प्रस्तुत गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *