मिरिक खण्डका कमल देवानलाई कृषि रत्न पुरस्कार

मिरिक: राज्यका विभिन्न खण्डहरूमा झै मिरिक खण्ड विकास क्षेत्रमा पनि एउटा कार्यक्रमबीच कृषक कमल देवानलाई कृषि रत्न पुरस्कार प्रदान गरियो। मिरिक खण्ड कृषि विभागका सह-निदेशक विभूति रिजालको अगुवाईमा उक्त कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा मिरिक महकुमा अधिकारी सुदिप्त देवनाथ, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, डीएमडीसी मृदुल श्रीमणे साथै कृषकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कृषक कमल देवानलाई कृषि रत्न पुरस्कार लगायत 10 हजार रूपियाँ साथै प्रमाण पत्र प्रदान गरियो। यस अवसरमा कृषिबारे चर्चा गर्नको साथै मिरिक क्षेत्रका 20 जना कृषकहरूलाई स्प्रे मशिन पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *