मिरिकको 7 नम्बर वार्डमा बिमल खेमा गोजनामो शाखा गठन

मिरिक : गोजमुमो बिमल खेमाको साङ्गठनिक गतिविधि बढ्दै जाने क्रम जारी छ। यसै क्रममा आज मिरिकको वार्ड नम्बर 7 मिरिक नगरपालिकामा गोजनामो शाखा गठन गरियो। मिरिकको बीससाले गाउँमा एउटा सभाको आयोजना गरेर नारी मोर्चाको शाखा गठन गरियो। निता राईको अध्यक्षतामा सम्पन्न सभाले गोपी तामाङ अध्यक्ष, मन्दिरा तामाङ उपाध्यक्ष, सीता तामाङ सचिव, पुजा गिरी सहसचिव, रोजिका तामाङ कोषाध्यक्ष, प्रतिमा राई, निता राई , सर्मिला तामाङ, योगिता तामाङ अनि बबिता तामाङलाई सल्लाहकारको रूपमा चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *