मिरिकको बंगाल सहायता केन्द्रमा जातीय प्रमाण पत्र वितरण

मिरिक: मिरिक महकुमा कार्यालयमा स्थापित बंगाल सहायता केन्द्रले आज एउटा शिविरको आयोजना गरेर जातीय प्रमाणपत्र वितरण गऱ्यो। उक्त शिविरमा विभिन्न ठाउँबाट जातिय प्रमाणपत्र ग्रहण गर्नको निम्ति मानिसहरूको उपस्थिति रहेको थियो भने मिरिक महकुमा शासक सुदिप्त देवनाथ लगायत मिरिक महकुमा डीएमडीसी मृदुलले जातीय प्रमाण पत्र तिनीहरूलाई प्रदान गरे। पश्चिम बंगाल सरकारले तृणमुल स्तरका मानिसहरुको निम्ति बनाएको धेरै योजनाहरु मध्ये यो एक हो, जो कोहीले पनि जातिय प्रमाणपत्रको निम्ति आवेदन दिएका छन् तिनीहरुले महकुमा कार्यालयमा स्थापित बंगाल साहयता केन्द्रमा सम्पर्क गर्न सक्ने कुरा महकुमा शासकले बताए। बंगाल सरकारले शुरु गरेको बंगला सहायता केन्द्रमा सबै प्रकारको सूचना तथा रोजगारीको निम्ति विभिन्न फारमहरु पनि उपलब्ध रहने भएकोले स्थानीय मानिसहरुलाई धेरै सहायता पुग्ने डीएमडीसी मृदुलले  बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *