मिरिकको विभिन्न ठाउँमा श्री सतपालजी महाराजको जन्मदिवस पालन

मिरिक : धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजको 70औँ जन्म दिन आज सियोक छब्बीसेस्थित हंस बेला मन्दिरमा पालन गरियो। सरकारद्वारा जारी गरिएको निर्देश अनुरूप सामाजिक दूरीलाई पालन गर्दै अनि समितिको मिरिक तहसिलमा तीन चरणमा जन्मदिन पालन गरियो। आज बिहान 7 बजीदेखि 11 बजीसम्म सियोक, गोपालधारा र मिरिकका 1 सयजना भक्तहरू भेला भएर भव्य रूपमा जन्म दिवस पालन गरियो। मिरिक तहसिल प्रभारी महात्मा देविका बाईजी, महात्मा विशाखा बाईजी अनि महात्मा ल्हमू बाईजीद्वारा मुख्य रूपमा श्री सतपालजी महाराजको तस्वीर अघि पुजा अर्चना, आरती गरेपछि मिरिक तहसिल सचिव रोहित प्रधानको सञ्चालनमा कार्यक्रमको आयोजना गरियो। यसैगरी, दोस्रो चरणमा सेलिम्बोङ चियाबारीमा अनि तेस्रो चरणमा सन्ध्याकालीन कार्यक्रम अन्तर्गत मगरजुङ चियाबारीमा श्री सतपालजी महाराजको जन्मोत्सव पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *