मिरिक: मिरिक महकुमाको दुर्गम गाउँ छोटाटिङलिङमा आज कोरोना विरुद्ध भ्याक्सिन शिविर सम्पन्न भयो। छोटाटिङलिङको प्रगतिशील नागरिक मञ्चको आयोजनामा मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य कर्मीहरु आएर छोटाटिङलिङ लगायत संलग्न ईलाकाका लगभग दुई सय जनालाई कोभिड सील भ्याक्सिन लगाइयो। यस विषयमा मञ्चका अध्यक्ष अर्जुन थापाले प्रकाश पार्दै आजको भ्याक्सिन कार्यक्रम छोटाटिङलिङमा सम्पन्न गराइदिएकोमा मिरिक स्वास्थ्य केन्द्रका अधिकारीहरूप्रति आभार व्यक्त गरेका छन्।
