मिरिकको दृष्टि अर्गनाइजेसनद्वारा कोरोना संक्रमितको घरमा सेनिटाइज

मिरिक: कोभिड 19 को दोस्रो लहरले मिरिकलाई पनि प्रभावित पारेकोले गर्दा नव युवाहरूको जागृत सामाजिक संस्था दृष्टि अर्गनाइजेसनले प्रारम्भदेखि नै निःस्वार्थ सेवा तथा सहायता अभियान चलाइरहेको छ। यहीं क्रममा दृष्टि अर्गनाइजेसन मिरिकले ओकाइटी चिया बगानको एकजना कोरोना पोजिटिभको घरमा पुगेर उत्साह प्रदान गर्दै तिनको घरमा सेनिटाइज गरिदिए। यसको साथै संगठनका सदस्यहरूले संक्रमित व्यक्तिलाई यदि आवश्यक परे अक्सिजन सिलिण्डर लगायत अन्य आवश्यक औषधिहरू पनि उपलब्ध गराइ दिने वचन दिए। यसको साथै दृष्टि अर्गानाइजेशनले मानिसहरूको सेवाको लागि चौबिसै घण्टा खुल्ला रहने हेल्पलाईन नम्बर पनि जारी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *