मिरिकको फुवागढीमा अन्तर विद्यालय भलिबल टुर्नामेन्ट शुरू

मिरिक (निसं): फुवागढी उच्चत्तर माध्यमिक विद्यालय अनि लेस्टस् गो फाउन्डेसन फुवागढी ब्राञ्चको संयुक्त आयोजनामा इन्टर स्कुल भलिबल टुर्नामेन्ट आजदेखि शुरू भएको छ। मिरिक पुलिस थानाका एसआई दिपक रोयको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त उद्घाटन खेल समारोहको अध्यक्षता फुवागढी जुनियर बेसिक स्कूलका प्रधानाध्यापक सेवन लामाले गरेका थिए। अन्य विशिष्ट अतिथिहरुमा फुवागढी स्कुलका शिक्षक प्रभारी पेमा लामा, सहशिक्षक अशोक घिसिङ, हिमालयन नर्सरी स्कूलका प्राचार्य अम्बर आले लेट्स गो फाउन्डेसनका अध्यक्ष राकेश ढकाल लगायत अन्य उपस्थित थिए। प्रमुख अतिथि एसआई दिपक रोयले भलिबलको कोर्टमा बल सर्विस गरेर खेल समारोहको थालनी गरे।


आजको उद्घाटन पहिलो महिलाहरूको खेलमा अरेञ्ज लेक स्कुल मिरिकले ग्रीनलन अङ्ग्रेजी स्कुललाई लगातार दुईवटा सेट जितेर अघिल्लो चरणमा प्रवेश गरेको छ। यसैगरी, दोस्रो खेलमा मिरिक स्कुललाई पराजित गरेर लुविस इंग्लिस स्कुल विजय बन्यो। अर्कोतिर, पुरुष वर्गको खेलमा ग्रीनलन स्कुललाई पराजित गरेर ग्लेनमोर इन्टरनेशनल स्कुल अघिल्लो चरणमा प्रवेश गऱ्यो। उसरी नै अर्को खेलमा ब्लु वेल अङ्ग्रेजी स्कुल पानीघट्टालाई पराजित लुविस अङ्ग्रेजी स्कुल अघिल्लो चरणमा पुग्यो। तेस्रो खेल, स्नोड्रप्स अङ्ग्रेजी स्कुल मिरिक बनाम पाइनहल एकाडमी माझमा भएको खेलमा स्नोड्रप्स अङ्ग्रेजी स्कूल विजय बन्यो। फुवागढी सार्वजनिक भवन परिसरको खेल मैदानमा भइरहेको उक्त खेलमा मिरिक महकुमाभरिका सरकारी साथै गैर सरकारी 12 वटा स्कुलले अंश ग्रहण गरेको साथै यसको फाइनल खेल विविध कार्यक्रमहरूबीच 25 अगस्तको दिन सम्पन्न हुने आयोजक समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *